काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले सार्वजनिक शौचालय बापतको करछुट रेष्टुरेण्टलाई मात्रै दिएको बताएका छन् । आज आइतबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा मेयर बालेनले आफ्नो संस्थाको शौचालय सार्वजनिक प्रयोजनमा दिने रेस्टुरेन्टलाई करछुट हुने तर बैंकलाई भने करछुट नहुने बताएका हुन् ।
“हामीले कुनै पनि संस्थाहरूलाई कर लगाएका होइनौँ । रेस्टुरेन्ट र बैँकहरूले हामी सेवा दिन चाहन्छौँ भनेर सम्झौता गर्न आउनुभएको हो । बैँकले सम्झौता गरेका शौचालयहरू कार्यालय समयमा खुल्नेछन् ।
रेस्टुरेन्टभन्दा बैंकको कर धेरै हुन्छ,” मेयर बालेनले भने, “सरसफाई सामग्री हरेक चार–चार महिनामा दिने भन्नेछ । रेस्टुरेन्ट बिहानैदेखि सुरु हुन्छ । महानगरले बनाएका स्मार्ट शौचालयलाई निरन्तरता हुनेछ ।” महानगरले स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने जनाएको छ ।