पश्चिम रुकुम जनसभाको उत्साहमा प्रमुख वक्ता "प्रचण्ड"

13.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चैत  २४ गते रुकुम पश्चिम आउने भएका छन् । केन्द्रीय राजनीति तातिएको बेला प्रचण्डको रुकुम प्रवेशलाई अत्यन्त चासोको रुपमा लिइएको छ । 

 

प्रचण्डको यस उपस्थितिलाई तत्कालिन जनयुद्धताका रुकुमलाई आधारक्षेत्र बनाएर कार्यकर्ताले भने नयाँ उद्घोष र उत्साहको रुपमा लिए । जनसभामा प्रमुख वक्ताको रुपमा प्रचण्ड रुकुम पश्चिम आउन लागेको जनाएको छ । 

 

नेकपा माओवादी केन्द्रले भने जिल्ला पार्टीले आयोजना गरेको जन-आन्दोलन दिवशको अवसरमा माओवादी केन्द्र रुकुम पश्चिमले बृहत जनसभा आयोजना गरेको र त्यसकै प्रमुख वक्ताको रुपमा प्रचण्ड रुकुम आउन लागेको पार्टीले जनाएको छ ।

 

चैत २४ गते मुसीकोट नगरपालिका १ स्थित बराहटाकुरामा जनसभा गर्ने तयारी गरिएको जिल्ला अध्यक्ष गोपाल शर्माले बताए । जनसभालाई बृहत बनाउनका लागि गाउँ गाउँबाट उल्लेख्य सहभागिताको तयारी भैरहेकोे बताइएको छ ।

 

‘केन्द्रीय राजनीति हेरेर निराश नबनुन भनेर हामीले जनलहर रुकुमबाट सिर्जना गर्ने कोशिस गर्नेछौ’, एक कार्यकर्ताले भने, ‘यस्तो होस् कि रुकुमका जनताको उत्साह र सहभागितापछि प्रचण्डलाई अगाडि बढ्न थप ढाडस मिलोस् ।सदरमुकाम खलंगामा रुकुमका दशौ हजार मान्छे उतार्ने माओवादीको योजना रहेको छ ।


जिल्ला पाटी र प्रचण्ड स्वयम्को नयाँ उत्साह उजागर गरेर आगामी चुनावमा रुकुमलाई प्राथमिकतामा पार्न मार्ग प्रशस्तीको लागि यो कार्यक्रम डिजाईन गरिएको आँकलन हुन थालेको छ । माओवादी केन्द्र रुकुम पश्चिमले माओवादी केन्द्र अस्तित्वमा आएपछि पहिलो पटक ठूलो जन सभा गर्न लागेको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार