वर्तमान सरकारको नीति ठीक नभएको उपमहासचिव ज्ञवालीको टिप्पणी

13k Shares
सम्बन्धित पार्टी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको टिप्पणी गरेका छन् ।

आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको जिकिर गरेका हुन् । उनले भने, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने रु चीनसँग वर्तमान सरकारको नीति ठिक भएन ।’


तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको भन्दै उनले प्रश्न गरे । राजदूत पठाउने विषयमा पनि कुनै देशमा तुरुन्तै र कुनै देशमा नपठाए पनि हुन्छ जस्तो गरिएको भन्दै उनले सरकारको कार्यशैलीको नै समग्र आलोचना गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार