बाम गठबन्धनका विषयमा छलफल गर्न ओली र नारायणकाजी श्रेष्ठबीच भेटबार्ता

8.3k Shares

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बाम गठबन्धनका विषयमा छलफल भएको छ ।

आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेको स्रोतले जनाएको छ । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरु निकट स्रोतले बताएको छ ।


दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो । नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरेका छन् तर, भेटमा भएको कुराकानीबारे खुलाइएको छैन ।

ताजा अपडेट
सम्बन्धित समाचार