गृहमन्त्री बालकृष्ण खाणले सडक विभागको लापरबाहीले गर्दा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सडक भासिँदा दुई यात्रुले ज्यान गुमाउनुपरेको बताएका छन् ।
आज गृह मन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा मन्त्री खाणले आँबुखैरेनी सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र सडक चर्किसक्दासमेत हेलचेक्रयाइँ गरेको बताए ।
नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेकोले सरकारका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भूमिका निर्वाह गर्न आवश्यक रहेको उनको भनाई छ । उनले प्रविधिसँगै रेडियो, टीभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको बताए ।