एसपीपी अघि नबढाउन सरकारसँग कमल थापाको अनुरोध

8.9k Shares
सम्बन्धित राजनीतिज्ञ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउन सरकारसँग अनुरोध गरेका छन् ।

बुधबार बिहान ट्विट गर्दै उनले नेपाल सरकार र अमेरिकाको उटाह राज्यको नेसनल गार्डबीच प्रस्तावित सहकार्य (एसपीपी) अघि नबढाउन आग्रह गरेका हुन् ।

“नेपालको भूराजनीतिक संवेदनशीलतालाई दृष्टिगत गर्दै अमेरिकासँगको हाल चर्चामा रहेको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) अघि नबढाउन सरकारसँग अनुरोध गर्दछु,” उनले लेखेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार