घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने गरिएको सिफारिस अनुमोदन

9.8k Shares
सम्बन्धित पार्टी

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टीका नेता घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने गरिएको सिफारिस अनुमोदन गरेको छ। पार्टीको मंगलबार बसेको अनुशासन आयोगको बैठकले सिफारिस अनुमोदन गरेको हो ।

गत जेठ १८ गते बसेको आयोगको सचिवालय बैठकले स्थायी कमिटि सदस्य भुसाललाई स्पष्टिकरण सोध्न पार्टीलाई सिफारिस गरेको थियो । भुसालमाथि अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै कारवाहीको सिफारिस गरेको हो ।

स्पष्ट वत्ताको रुपमा चिनिने भुसालले गत स्थानीय तहको निर्वाचनमा पार्टी पराजित हुनुमा अध्यक्ष ओलीले जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार