सरकारलाई एमालेको प्रश्नः देशलाई भू- राजनीतिक द्वन्द्वमा धकेल्न किन खोज्यो ?

11.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई भू- राजनीतिक द्वन्द्वमा धकेल्न खोजेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।

आज (बुधबार)को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रस्तावित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको विरोध गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सरकारले श्रृखलाबद्ध रुपमा परराष्ट्र नीतिमा गम्भीर विचलन ल्याउन खोजेको आरोप लगाए ।

‘एसपीपी सम्झौता नेपालको संविधानको बिल्कुल बर्खिलापमा छ । नेपालले अबलम्बन गर्दै आएको परराष्ट्र नीतिको बर्खिलापमा छ ।’ उनले भने, ‘हाम्रो सबै देशसँग मित्रता छ ।’

उनले एसपीपी सम्झौताले मुलुकलाई भू-राजनीतिक द्वन्द्वमा धकेल्ने भएकाले कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए । उनले सरकार परिवर्तन हुनसाथ एसपीपी अगाडि बढाइएको र दलहरुबीच छलफल नगरिएको भन्दै आपत्ति जनाए ।

ताजा अपडेट
सम्बन्धित समाचार