केहि समय देखि मर्मत नभएर निष्क्रिय बसेका काठमाडौँ महानगरपालिकाका ब्रुमरहरु सञ्चालनमा आएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएर काम सुरु हुन थालेको जानकारी दिएका हुन् ।
आजदेखि ५ वटा ब्रुमरले काठमाडौँ सफाइ गर्न थालेका छन् भने भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने मेयर शाहले जनाएका छन् ।
बर्षायाम भएकाले केहि असहजता भए पनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाण्डौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने आफ्नो विश्वास रहेको मेयर शाहको भनाइ छ ।
