शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आयोजना छनोटको मापदण्ड बनाउनुपर्ने बताएकी छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले आयोजना छान्ने स्वचालित ढंगले छान्ने परम्पराको सुरुवात गर्ने प्रस्ताव राखिन् ।
“अब आयोजना स्वचालित ढंगले छानिने परम्पराको सुरुवात गरौँ । धेरै मान्यज्यूहरूले योजना छनोटमा हाम्रो हात भएन भन्दै गर्दा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनलाई एकचोटी हेरौँ आयोजना छान्ने अधिकार राजनीतिक व्यक्तित्वलाई नै दिइन्छ,” उनले भनिन् । उनले योजना छनोटको कार्यविधि बनेमा कन्ट्राक्टरले समयमा नै काम गरेन, महँगी बढ्यो भन्ने कुराको अन्त्य हुने पनि बताइन् ।
“योजना छनोटको मापदण्ड कार्यविधि बनाऔँ । जसले गर्दा प्रत्येक आयोजनाहरू आयोजना बैंकमा प्रविष्ट हुन् । ती योजना आयोगको बैंकमा प्रविष्ट हुन् । स्वचालित ढंगले आयोजना छानियून,” उनले भनिन्, “यसो गरेमा कन्ट्राक्टरले समयमा नै काम गरेन, महँगी बढ्यो भन्ने कथाको नै अन्त्य हुन्छ ।”