बालेन साहको वास्तविक नाम बालेन्द्र साह हो । नेपाली र्यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियर हुन्। उनी आयुर्वेदिक चिकित्सक डा। रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजी बाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन।
काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ । काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । स्वतन्त्र उम्मेदवार बालेन काठमाडौंको मेयर बनेका छन र उनले ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन्। मेयर बनेपछि उनले फोहोर व्यवस्थापन गर्ने कार्यमा सक्रिय रहेका छन ।
र्याप र इञ्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि राख्थे। उनले विवेकशील साझा पार्टी छुट्टिनुभन्दा अगाडि काठमाडौँको नगरप्रमुखमा विवेकशीलबाट उठ्न चाहेका थिए । शाह सुरूमा विवेकशील पार्टीप्रति आकर्षित थिए। उनी त्यतिबेला गायकका रूपमा मात्र चिनिन्थे र विवेकशील पार्टीले उनलाई पार्टीमा आउन आग्रह गरेको थियो तर शाहले विवेकशीलको सदस्यता लिएनन् । उनले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने तयारीमा लागेका थिए र जित पनि हासिल गरे।
सानैदेखि उनको रुचि सङ्गीत र कवितामा थियो। उनले आफ्नो पहिलो गीत सडक बालक सन् २०१२ मा गाएका थिए र यो गीत उनले कक्षा ९ मा हुँदा लेखेका हुन। र्यापर बालेनले गाएका गीतहरु अहिले पनि चर्चामा रहेका छन । जस्तै बलिदान, नेपाल हाँसेको , गोर्खाली तोप आदि । उनका गीतमा नेपाली मानिसहरुको कथा र नेपालको बारेमा बढी केन्द्रित रहेका छन ।
उनले आफ्नो राजनैतिक यात्रा २०७९ को निर्वाचन बाट सुरु गरेका छन । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१,७६७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठलाई २३,४२६ मतान्तरले पराजित गरेका हुन् । पराजित सिर्जना श्रेष्ठले ३८,३४१ मत ल्याएकी छन् । मेयर बनेपछिको पहिलो बैठकमा नै केहि अडचन आएपनि उनले हार नमानि आफ्नो कार्यलाई निरन्तरता दिए ।
मेयर भएपछि उनले फोहोर व्यवस्थापन गर्ने कार्यमा सक्रिय रहेका छन र कति मात्रामा सफल पनि भए। यदि उनले यस्तै तरकिाले काम गर्ने हो भने पक्कै देश विकास हुन्छ कि ?