परिस्थिति आए भने आफ्नै पार्टीले नेतृत्व दाबी गर्ने - राजेन्द्र महतो

22.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  जनता समाजादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले परिस्थिति आए भने आफ्नै पार्टीले नेतृत्व दाबी गर्ने तर  नेपाली कांग्रेसले गरेको एकल निर्णय मान्य नहुने समेत बताएका छन् ।   

 

महतोले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनेर निर्णय गर्नु गलत भएको अभिव्यक्ति दिएका छन् । सरकारको नेतृत्व त जसले पनि गर्न सक्छ नि, फलानैको नेतृत्वमा हुन्छ भन्ने कुरा हुँदैन । नेपाली कांग्रेसको निर्णयानुसार हामीले सोच्नुपर्ने अवस्था छैन, महतोले भने ।

 

लोकतान्त्रिक प्रक्रिया अनुसार नै निर्णय गर्छौं । उनले भने, आफ्नो नेतृत्वमा अरुको सहयोगबिना सरकार नबन्ने परिस्थितिमा एकलौटी निर्णय गरेर कांग्रेसले गल्ती गरेको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने आन्तरिक निर्णय गरेर गल्ती ग¥यो । निर्णयपूर्व सामूहिक छलफल हुनुपर्थ्यो ।

 

अहिलेको सरकारलाई मात्र भनेका छैनौं, विगतका कांग्रेस, माओवादी र एमालेका सरकारलाई पनि त्यो कुरा भन्दै आएका थियौं। पटक-पटक भनेका छौं। समस्या समाधान नहुँदासम्म केही पनि हुनेवाला छैन भनेर अहिलेको ओली सरकारलाई पनि भनेका छौं । उनले वैकल्पिक सरकारका विषयमा सामूहिक छलफल नगरी निर्णय गरेकाले कांग्रेसलाई तत्कालै सहयोग गर्न नसकिने समेत टिप्पणी गरेर बताए ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार