बजेट निर्माणबारे केपी ओलीको दाबीले गठबन्धन सरकारमा हलचल,अब के गर्लान अर्थमन्त्री ?

14.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थ मन्त्री जनार्दन शर्माले यसपालिको बजेट निर्माण गर्दा अनधिकृत व्यक्ति राखेर बजेट बनाएको भन्दै बजेट बनाउनु अघि नै कमिसन खाने काम भएको बताएका छन्।

बिहीबार एमालेद्वारा निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा प्रशिक्षण दिने कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘यहाँ त बजेट बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ। बनाउनुअघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको ?’ 

कार्यक्रममा बोल्दै उनले भने, ‘अनधिकृत मानिसलाई ल्याएर, सेटिङ गरेर करका दर तोकियो, कमिसन खाएर करका दर तोकियो, यस्तो त कुनै राज्यमा हुन्न । कुनै प्रणालीमा कल्पना गर्न सकिन्न । पञ्चायतकालमा पनि यस्तो हुँदैनथ्यो।’

 
ताजा अपडेट
सम्बन्धित समाचार