जसपाको माग पूरा गर्न सरकारले यसरी प्रक्रिया अघि बढाए

11.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाएका माग "मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ" गर्न सरकराले प्रक्रिया बढाइएको छ ।

सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न जसपालाई  फारम भर्न लगाएको छ ।

जसपा नेता एवम् कार्यदल सदस्य लक्ष्मणलाल कर्णका अनुसार फारम भर्न लगाउनुको अर्थ आफ्नो पार्टीद्वारा अघि सारिएका माग पूरा हुने परिस्थिति सिर्जना हुन लागेको बताएका छन् ।

जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । कार्यविधि पास भएसँगै जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फारम भर्न लगाइएको हो ।

ताजा अपडेट
सम्बन्धित समाचार