राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र अरुले सहयोग गरे हात थाप्न तयार हुने खालको रहेको बताएका छन् ।
आजको राष्ट्रिय सभा बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी०का सन्दर्भमा सम्झौता गर्न तयार भएको भन्दै उनले भने, “उहाँ देशको विकास हुन्छ भने के–के गर्नुपर्छ सबै गर्न तयार भइदिनुहुन्छ । कसैले सहयोग गर्छ हात थापिहाल्नुपर्छ । उहाँको चरित्र त्यस्तो हो ।”
देउवाको यो चरित्रले उनी स्वयंलाई पनि धेरै नोक्सान गरेको गौतमले बताए । “राष्ट्रलाई पनि नोक्सान गरेको छ । सम्भवतः कांग्रेसलाई पनि नोक्सान गरेको छ,” उनले भने ।
गौतमले देउवा एसपीपी आउने वित्तिकै सम्झौता गर्न तयार भएको आरोप लगाए । यति महत्वपूर्ण विषय गुमराहमा राखेर सम्झौता गर्ने तयारी हुनु गलत भएको उनको भनाइ छ ।
गम्भीर विषयमा देउवाले आफैं आएर संसद् फेस गर्नुपर्नेमा उनले जोड दिए । एसपीपीबाट अलग हुँदा चिन्ता भएर संसद्मा नआएको उनको आशंका छ ।
एसपीपीको सुरुआत जसले गरे पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि बढाएको बताए । “अस्ति मात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले यसको सुरुआत जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू त्यसमा संलग्न हुनुहुन्छ, सदनलाई साँचो कुरा बताउनुपर्दछ”, गौतमले भने ।