रवी लामिछाने कांग्रेस, राप्रपा लगायतका दलहरुसँगको संवादमा , कुन पार्टीमा प्रवेश गर्लान ?

18k Shares

टेलिभिजन प्रस्तोता रवी लामिछानेले पूर्णकालीन राजनीति गर्ने भन्दै ग्यालेक्सी फोर के बाट बिदा लिएका छन् ।

उनले बिहीबार आफू राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै असार ७ गते काठमाडौंको सभागृहमा भेला गरेर के गर्ने भन्नेबारेमा घोषणा गर्ने बताएका थिए ।

स्रोतले दिएको जानकारीअनुसार लामिछाने संसदको चुनाव लड्ने तयारीमा छन् । उनी कांग्रेस, राप्रपालगायतका दलसँगको संवादमा रहेको स्रोत बताउँछ ।

यसलाई पुष्टि गर्दै लामिछाने निकट रहेका पत्रकार दीपक बोहोराले बाह्रखरीसँगको कुराकानीमा भने, “कांग्रेस, राप्रपालगायतका दलसँग पनि छलफल भइरहेको छ, एमालेका केही नेतासँग पनि छलफल भएको हो । नयाँ दल नै खोल्ने कि भन्नेमा पनि गृहकार्य भइरहेको छ ।”

उनले पनि ७ गते नै यसबारेमा जानकारी गराउने तयारी गरेका छन् ।  कांग्रेसका केही पदाधिकारी र राप्रपाका प्रमुख नेताहरुसँग लामिछानेले एकचरणको संवाद गरिसकेका छन् ।
 

ताजा अपडेट
सम्बन्धित समाचार