कर्णाली प्रदेश सरकारका ३ मन्त्री सामूहिक राजीनामा दिने के छ कारण ?

10.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र  उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले  आज सामूहिक राजीनामा दिने तयारी  भएका छन् ।

 

संसदीय दलको बैठक एक बजे  बस्नु अघि उनीहरुले राजीनामा दिने भएका मन्त्री रावलले बताए । आइतबार बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

 

एमाले र माओवादी केन्द्र  नेकपा बदर हुँदै  व्यूँतिएपछि कर्णाली प्रदेशको सरकार ढल्ने अवस्थामा पुगेको छ । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा २१ सदस्य बहुमत हुन्छ । एमालेको २० सिट रहँदा माओवादी केन्द्रसँग १३ सिट मात्र छ । भने एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार संकटमा रहेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार