युक्रेनका राष्ट्रपतिले गरे युद्धग्रस्त शहरहरूको भ्रमण

11.2k Shares
यो पनि

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युद्धको अग्रपंक्तिमा रहेका दक्षिणी शहर माइकोलाभ र ओडेसाको भ्रमण गरेका छन । 

रुस युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका शहरहरुको भ्रमणका क्रममा उनले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइतेहरू, चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग भेटघाट समेत गरेका हुन ।  यी दुवै शहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच भीषण युद्ध जारी रहेको छ ।

यसअघि उनले किभ पुगेका पश्चिमी राष्ट्रका नेताहरुसँग पनि भेटघाट गरेका छन । रुस युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय सर्वसाधारण मारिएको र एक करोड ३० लाखले युक्रेन घरबास छाडेको संयुक्त राष्ट्रसंघको दावी छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको युद्धग्रस्त क्षेत्रको भ्रमणलाई रुसी सेनाका लागि चुनौतीको रुपमा पनि विश्लेषण गरिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार