जनआन्दोलन दिवस कार्यक्रम मनाउन प्रचण्ड पुगे पश्चिम रुकुममा

10k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
काठमाडौ ।  आज  चैत  २४ गते  जनआन्दोलन दिवसको कार्यक्रम मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार रुकुम पश्चिम गएका  छन् ।
 
माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिममा जनसभाको आयोजना गरेको हो ।
 

प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रभाकर रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधि समेत हुन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार