सरकारले एसपीपी लुकीछिपी अघि बढायोः सांसद देवकोटा

11.3k Shares

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाएका छन् ।

आज आइतबारको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौंता पनि सरकारले त्यसै गरी अघि बढाएको बताए । उनले सरकार र अदालतले भने पारदर्शीता अपनाउन नपर्ने हो र? भनि प्रश्न समेत गरेका छन् । राज्यका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै सांसद देवकोटाले सोही अनुसारको कामको व्यवस्था गर्न सरकारसँग माग समेत गरे ।

उनले काठमाडौं महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठक समेत लाइभ गराएर पारदर्शीताको उत्कृष्ट नमूना प्रर्दशन गरेको भन्दै सोही अनुसारको काम सरकारले पनि गर्नुपर्ने बताए । सांसद देवकाटाले सरकारले आफना सबै निणर्यहरु वेबसाईटमार्फत् सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । सांसद देवकोटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको दाबी गरे ।

ताजा अपडेट
सम्बन्धित समाचार