प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मूल्यवृद्धिविरुद्ध संसदमा सरकारको विरोध गरेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै एमालेका सांसद पद्मा अर्यालले मूल्यवृद्धि अचाक्लि भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिले असर पर्ने भएकाले महँगीविरुद्ध एमालेले विरोध गरेको हो।
केही दिन अगाडि एमालेका प्रमुख सचेतक एवम् सांसद् विशाल भट्टराईले संसद्मा दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरेको थियो। जसमा पेट्रोलियम पदार्थको मुल्य स्वचालित मुल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्रि मुल्य परल मुल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर गरिएको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको थियो। सोही विषयलाई उल्लेख गर्दै उनले जनताका हरेक गतिविधिमा असर पर्ने भएकाले फस
सरकारले आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ।
नेपाल आयल निगमले आइतबार राति विज्ञप्ति जारी गर्दै पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ ले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको जनाएको छ।
त्यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन ९बाह्य० तर्फ अमेरिकी डलर सयले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ। निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत् नै राखिएको जनाएको छ।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारी साधनको भाडा बढेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७।७ प्रतिशतसम्म भाडा बढाएको हो। विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै यात्रुवाहक सवारी साधनमा ५।३० प्रतिशतले भाडा बढेको जनाएको छ। स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत राखिएको छ।