काठमाडाैं । नेकपा माओवादी केन्द्रले संघीय मन्त्रिपरिषद्मा रहेका चारजना मन्त्रीलाई दलबाट हटाइएको छ ।
माओवादीले मंगलवार सो बारेमा पत्र संसद सचिवालयमा दर्ता गरिएको पार्टी प्रमुख सचेतक देव गुरुङले जानकारी गराए । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई दलबाट हटाएको पत्र संसद् सचिवालयमा दर्ता गरिएको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्कादिएपनि उनीहरु एमालेमा बसेका छन् । खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा सांसद् नभए पनि वर्तमान सरकारमा छन्। एमालेको राजनीतिमा संलग्न भएको, उक्त दलको केन्द्रीय सदस्य स्वीकार गरेको, मन्त्रिपरिषद्बाट फिर्ता आउन भनी पार्टीले दिएको निर्देशन पालना नगरेको लगायतका कारण देखाई साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको पत्रमा लेखिएको छ ।