कम्युनिष्टहरु एक हुन सकिन्छ : विप्लव

10k Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्टहरुबीच एकता हुन सक्ने बताएका छन्  ।

जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले अबको नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने बताएका हुन् ।  उनले भने,‘ कम्युनिस्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिष्टसँग एकता र सहकार्य हुनसक्छ ।’


उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए। केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओ‌वादीहरु एक ठाउँमा उभिने वातावरण बनेको बताएका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार