निर्वाचन आयोगका अधिकारी र महामन्त्रीद्वयबीच छलफल, साउन १ बाट विदेशमा रहेका नेपालीको पनि नामावली संकलन हुने

8.7k Shares

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी संघीय निर्वाचनका लागि विषयमा निर्वाचन आयोग पुगेर छलफल गरेका छन् ।

उनीहरूले मतदाता नामावली संकलनलाई सहज बनाउनुपर्ने, काठमाडौं बाहिर पनि केन्द्रहरू तोक्ने, साथै स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्नुपर्ने विषयमा आयोगसँग छलफल गरेका हुन् ।

यस्तै आचारसंहिता औपचारिकताका निम्ती मात्रै भएको, अनुगमन हुन नसक्ने र कार्यान्वयन हुन नसक्ने बुँदाहरू जुन अव्यवहारिक छन् त्यसलाई हटाउनुपर्ने महामन्त्री गगन थापाले बताए । ‘अव्यवहारिक भएका बुँदाहरू ती पहिल्यै हटाऔंँ, आचारसंहिता ठूलो र भद्दा नबनाऔं,’ उनले भने, ‘निर्वाचनलाई कसरी मितव्ययी बनाउने भन्ने विषयमा छलफ गर्‍यौँ ।’

यस्तै उनले साउन १ गतेबाट विदेशमा बसेका नेपालीको मतदाता नामावली संकलन गर्ने विषयमा पनि छलफल भएको महामन्त्री शर्माको भनाइ छ । त्यस्तै विदेशबाटै समानुपातिकमा मत दिन पाउने व्यवस्थामा पनि छलफल भएको उनले बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार