परराष्ट्र मामिलामा ‘कार्ड’ खेल्न हुँदैन, फस्ने डर हुन्छ : ओली

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको परराष्ट्र मामिलामा ‘कार्ड’ खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहद्वारा आयोजित अन्तरक्रियात्मक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

छिमेकीसँगको सम्बन्धलाई महत्त्व दिनुुपर्नेमा उनले जोड दिए । “सुमधुर र सुदृढ बनाउनुपर्छ । तर, चित्त दुखेको छ भने समस्या लुकाउनु हुँदैन । उच्चस्तरमा कुरा गरेर समस्या समाधान गर्नुपर्छ । छिमेकी देशको सम्बन्धनमा कार्ड खेल्नु हुँदैन । आफैँ फस्ने डर हुन्छ,” उनले भने ।

 

यहाँ स–साना कुरा लुकाउने, छलफलमा नल्याउने समस्या रहेको उनको भनाइ छ । उनले भने, “छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौँ । छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौँ ।”

हाम्रो सीमा भूभाग हामीलाई चाहियो भनेर स्पष्ट भन्न सक्नुपर्ने उनले बताए । उनी भन्छन्, “छिमेकी देशसँग रहेका मतभेदहरू कुराकानीबाट सुल्झाउनुपर्छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत सीमा विवादसम्बन्धी समस्या खुलस्त छलफलबाटै समाधान गरिनुपर्छ ।”

ताजा अपडेट
सम्बन्धित समाचार