मन्त्री झाँक्री बिहानै पुगिन बागमती कोरिडोर निरीक्षण गर्न

13.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बागमती करिडोर अन्तर्गत गोकर्ण क्षेत्रको निरीक्षण गरेकी छन्। बुधवार बिहान साढे ६ बजे नै निरीक्षणमा पुगेकी उनले आयोजनाको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिइन्। 

आयोजनाको काम सन्तोषजनक नदेखिएको बताउँदै मन्त्री झाँक्रीले आयोजनाको काम समयमै सक्न निर्देशन दिइन्। उक्त आयोजना अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अघि बढाइरहेको छ। 

बागमती नदी सौन्दर्यीकरणमा मन्त्री झाँक्रीले यसअघि दिएको निर्देशानुसार नै काम भइरहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बताएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार