सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने संकेत

8.9k Shares

सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने संकेत गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेकोमा चौतर्फी विरोध भइरहँदा सरकारले स्वचालित मूल्यको आधारमा मूल्य निर्धारण गर्ने उल्लेख गरेको छ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढेर नै आएकाले घटाउन नसकिने बताएका हुन्। उनले युक्रेन र रुसबीच द्वन्द्वले अन्तराष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाल आयल निगमले घटाउन नसक्ने बताए।

उनले यसअघि नै पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर बापतको छुट दिइसकेका र तत्काल मूल्य घटाउन नसकिने बताए। उनले अहिले पनि निगम घाटामा नै रहेको जानकारी गराए। उनले सरकारी निकायमा २० प्रतिशत खपत घटाउन तयारी भएको बताए।

सांसदहरुले स्वचालित मूल्यवृद्धि भनेपनि १५र१५ दिनमा घटबढ हुनुपर्नेमा साप्ताहिक रुपमा भएको भन्दै आपत्ति जनाएका छन्।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपा आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। निगमले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ ले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको जनाएको छ।

त्यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन ९बाह्य० तर्फ अमेरिकी डलर सयले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ। अन्य समयको तुलनामा यसपटकको मूल्यवृद्धि उच्च छ। अब सार्क राष्ट्रका मुलुकहरूको तुलनामा नेपाल सबैभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्ने मुलुक बनेको छ। नेपाली महँगो मूल्यमा खरिद गर्न बाध्य नागरिक बनेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार