सेयर लगानीकर्ताका मागहरु सरकारले सम्बोधन गर्नुपर्ने मेयर शाहको भनाई

13.3k Shares
यो पनि

सेयर लगानीकर्ताहरुले गरिरहेको आन्दोलनप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले ऐक्यवद्धता जनाएका छन् ।

पुँजीबजार सुधार तथा विस्तारका लागि लगानीकर्ताहरुले गरिरहेको आन्दोलनप्रति आफ्नो साथ र समर्थन रहेको बालेनको भनाइ छ

नेपाल धितोपत्र बोर्डबाहिर बुधवार आमरण अनशनरत तिलक कोइरालालाई भेट्दै मेयर साहले लगानीकर्ताहरुको आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता रहेको बताए ।

साहका अनुसार पुँजी बजारसँग सम्बन्धित कुनै पनि निकायले नीति ल्याउने क्रममै त्यससँग सरोकार राख्ने लगानीकर्ता वा तिनका संघ–संगठनसँग परामर्श गर्नु पर्छ ।

उनी भन्छन्– ‘ती नीति–नियमले अर्थतन्त्रमा के–कस्तो प्रभाव पार्छ भनेर सरोकारवालाहरुसंग सरकारले परामर्श लिनु पर्छ ।’

साहका अनुसार पुँजीबजारलाई अनुत्पादनशील क्षेत्र भन्नु गलत हो । उनी भन्छन्– ‘यो पनि उत्पादनशील क्षेत्र हो । लाखौं मानिसले घरमै बसेर कुनै पनि प्रोजेक्टमा लगानी गर्न सक्छ । सरकारले सबै प्रोजेक्टमा लगानी गर्न सक्दैन, स्थानीय सरकारले पनि सक्दैन, केही प्रतिशत सर्वसाधारणलाई पनि छुट्याउनु पर्छ ।’

मेयर साहले नेपालमा पुँजीबजारबाटै ठूला–ठूला जलविद्युत आयोजनाहरुमा लगानी जुटिरहेको बताउँदै थपे– ‘सरकारले आफैँले जलविद्युत आयोजनाहरु बनाउने कोसिस गरेको भए आज हामी लोडसेडिङको मारमा परिरहन्थ्यौं, तर सर्वसाधारणकै लगानीमा धेरै जलविद्युत आयोजना बनेका छन्, जसका कारण हामी लोडसेडिङमुक्त भएका छौं ।’

‘नेप्से घट्यो भनेर लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका होइनन्, बजार सुधारका आन्दोलनमा उत्रिएका हुन्’, साहका अनुसार सरकारले लगानीकर्ताहरु माग पूरा गर्न समन्वय गर्न आवश्यक छ । सबै निकायले लगानीकर्ताहरुका मागका विषयमा परामर्श गर्नु पर्ने उनको भनाइ छ ।

ताजा अपडेट
सम्बन्धित समाचार