काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले माओवादी केन्द्र त्यागेर एमाले (ओली समूह) बाट मन्त्री बनेका साहसहितका नेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि ति निर्णयलाई लोकतन्त्रको उपहास भन्दै प्रभु साहले आफूमाथिको कारवाहीप्रति चर्को आक्रोश व्यक्त गरेका छन् ।
जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने साहले बुधबार फेसबुक सञ्जाल मार्फत अक्रोह पोखेका हुन् । "जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो " एमालेसमेतको मतबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल त्यागको कानुनी डण्डा चलाउन नसुहाउने साहको तर्क छ । उनले लेखेका छन्, ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’ साहले लेखेका छन् ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साहसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीले दल त्यागेकाले उनीहरुलाई सांसद पदबाट हटाउन संघीय संसद सचिवालयमा पत्राचार गरेका थिए । साह लामो समय माओवादीभित्र बाबुरा भट्टराई पक्षधरका रुपमा रहेका थिए । पछिल्लो समय उनी अन्तिम क्षणसम्म प्रचण्ड नेपाल पक्षमा नै थिए । उबकै गृह जिल्ला रौतहटका माधव नेपाललाई नेकपाको अध्यक्ष बनाएपछि उनी ओली पक्षमा लागेर मन्त्री बनेका थिए । सर्वोच्चको फागुन २३ को फैसला पछि उनी एमालेमै बसेर केन्द्रीय सदस्य बनेका छन् ।