विप्लवको पार्टी छाडे ओमप्रकाशसहित चार नेताले

9.7k Shares

ओमप्रकाश पुनसहित चार नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका छन्।

पूर्व पोलिटब्यूरो सदस्य तथा महाकाली इन्चार्ज ओमप्रका पुन, पूर्वसभासद शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र दार्चुला तथा कञ्चनपुरका पूर्वइन्चार्ज रमेश परियारले उक्त पार्टी छाडेका हुन्।

उनीहरूले माओवादी धारालाई एकिकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्न पार्टी छाडेको राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

 

ताजा अपडेट
सम्बन्धित समाचार