साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले हरेक पटक जरिवाना गर्ने

10.2k Shares

काठमाडौं महानगरपालिकाले आगामी साउन १ देखि कुहिने र नकुहिने फोहर नछुट्याउनेलाई जरीवाना गर्ने भएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै कुहिने र नकुहिने फोहर नछुट्याएमा ५०० रूपैयाँ जरीवाना गर्ने बताएको छ । 

काठमाडौंवासीले कुहिने र नकुहिने फोहर एकै ठाउँमा मिसाउँदा फोहर व्यवस्थापनमा असहज भएको ठहर गर्दै महानगरले फोहोरमैला व्यवस्थापन ऐन २०६८ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को व्यवस्था कार्यान्वयनमा कडाइ थालेको हो । 

ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ । यसरी छुट्याइएको फोहोर महानगरले छुट्टाछुट्टै दिनमा संकलन गर्नेछ । 

उत्पादकले फोहोर संकलकलाई मिसिएको फोहोर दिए एक पटकमा ५०० रूपैयाँ जरीवाना गर्न सक्ने कानूनी प्रावधान छ । 

ताजा अपडेट
सम्बन्धित समाचार