दिन होइन घण्टाभित्र मन्त्री हेरफेर हुने एकीकृत समाजवादीको दाबी

10.7k Shares
सम्बन्धित पार्टी

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) ले चाँडै नै मन्त्रीहरू हेरफेर हुन लागेको जनाएको छ ।

बिहीबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले चाँडै नै मन्त्रीहरू हेरफेर गर्ने तयारी रहेको बताए । “अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्री हेरफेर गर्ने दिशातिर लागिरहेका छौँ,” उनले भने ।

उनले मन्त्रीमा सिफारिस गरिएका नयाँ नाम हेरफेर नहुने पनि बताए । ६ महिनाभित्रै मन्त्री हेरफेर गर्ने सहमतिअनुसार निर्णय गरिएको र निर्णय सबैले मान्नुपर्ने उनले उल्लेख गरे ।

एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

यही असार १० गते बस्ने पार्टीको पोलिटब्युरो, ११ गते बस्ने केन्द्रीय कमिटीको बैठकलगायत कार्ययोजनाका बारेमा पनि छलफल भएको उनले जानकारी दिए । बैठकमा संघीय निर्वाचनबारे पनि छलफल गरिएको उनले बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार