राष्ट्रिय सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

13.4k Shares

राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । 

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९पच्चीसौं संशोधन० विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ । 

स्वास्थ्यमन्त्री खतिवडाले नै ‘औषधि ९तस्रो संशोधन० विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार