काठमाडौं । सरकारले दिएको जवाफ चित्त नबुझेको भन्दै सांसदहरुको अवरोधले बागमती प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ ।सांसदहरुले कारवाही अगाडी नबढाउन आग्रह गरेका थिए ।
बुधवार बसेको सभाको बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले सम्बोधन गर्दै आफू माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
पूर्व आन्तरिक मामिला मन्त्री समेत रहेका प्रदेश सभा सदस्य शालिकराम जमरकट्टेलले सरकारले दिएको जवाफ चित्त नाबुझेको भन्दै बैठक अगाडी नबढाउन भनेका थिए । सभामुखले बैठक १ बजेसम्मको लागि स्थगित भएको जानकारी गराएका थिए ।