स्थानीय तहको चूनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको नेपालको भनाई

11.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चूनावपछि शक्ति सन्तुलनको तस्बिर स्पष्ट देखिएको बताएका छन् ।

आज शुक्रबार काठमाडौंमा बसेको समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चुनावपछि देखिएको अवस्था, पार्टीको नीति र निणर्यका बारेमा आवश्यक समीक्षा गर्नुपर्ने देखिएको बताएका छन् ।

उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै सम्भावनालाई प्रयोग र चुनौतिको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने बताए । अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थितिको विश्लेषण गर्दै सहि निणर्यमा पुग्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चुनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ । बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद शुरु भएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार