मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने निर्वाचन आयोगको तयारी

13k Shares

निर्वाचन आयोगले मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने तयारी गरिरहेको छ ।

महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै आयुक्त दिनेश थपलियाले आयोगले मंसिर १० गतेभित्र दुवै चुनाव सक्ने तयारी गरिरेहको जानकारी दिएका हुन् ।

उनले गत स्थानीय तहमा प्रमुख÷उपप्रमु्खमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरेपनि ५० प्रतिशत महिलाहरुलाई सहभागिता गराउन नसकेको बताए ।

अबको चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरी व्यवस्था मिलाउन पनि सांसदहरुलाई सुझाव दिए । निर्वाचन महंगो र खर्चिलो भएको भन्दै आयोगको आलोचना गरेकोमा उनले आपक्ति जनाए ।

ताजा अपडेट
सम्बन्धित समाचार