प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा व्याप्त द्वन्द्व,तनाव र विकृति निदानको अचुक उपाय बौद्ध शिक्षा हुन सक्ने बताएका छन् ।
लुम्बिनी वौद्ध विश्वविद्यालयको दोस्रो दीक्षन्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वौद्ध शिक्षा तथा दर्शनलाई मार्गदर्शक सिद्धान्तका रुपमा अनुशरण गरी विश्वमा दीगो शान्ति स्थापना गर्न सकिने बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय तहमा बौद्ध शिक्षाको अनुसन्धनात्मक आवाज पुर्याउन सक्ने जनशक्ति देशलाई आवश्यक भएको बताए ।
विश्व विद्यालयको स्तरोन्नति र विकास आफैमा चुनौतिपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ऐनले परिकल्पना गरेअनुसार वौद्ध विपुलताको विश्वव्यापीकरणका लागि सीपयुक्त शैक्षिक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे ।