वाग्मती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आउँदो आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
प्रदेशसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्दै छ ।
प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गराइने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए ।
प्रदेश सरकारले आउँदो आवका लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब दुई करोड, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।