लोकतन्त्र खतरामा पर्दा जनताले बचाए: सभामुख सापकोटा

8.6k Shares

सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको आत्मा संसद् भएको बताएका छन् ।

आइतबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘तीन करोड’ जनताको आवाज प्रस्फुटन गराउने थलो संसद् भएको उल्लेख गरे । संसद्को गरिमा उच्च बनाउन आफूहरूले निष्ठापूर्वक कार्य गर्ने उनको भनाइ छ । उनले लोकतन्त्र खतरामा पर्दा जनताले जोगाएको टिप्पणी पनि गरे । राजनीतिमा जनता निर्णायक भएको उनले बताए ।

“डोनाल्ड ट्रम्पको अतिवादका कारण अमेरिकाको लोकतन्त्र खतरामा परेको थियो । बच्यो । नेपालमा यस्तो हुँदा जनताले बचाएका हुन्,” उनले भने, “कुनै पनि विषयमा एउटा विन्दुमा राजनीति पुगेपछि नेपाली जनता निर्णायक छन्, निर्णायक भएका छन् ।” 

ताजा अपडेट
सम्बन्धित समाचार