योगी आदित्यनाथ सवार हेलिकोप्टरमा एउटा चरा ठोक्किएपछि ......

11.2k Shares

भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सवार हेलिकोप्टर वाराणसीमा आपत्कालीन अवतरण गरेको छ । हेलिकोप्टरमा एउटा चरा ठोक्किएपछि आपत्कालीन अवतरण गराईएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मुख्यमन्त्री योगी सुरक्षित रहेको जानकारी दिइएको छ । मुख्यमन्त्री योगीका लागि अर्को जहाज पठाइने र उनी त्यहाँबाट लखनऊ जाने बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

लखनऊका लागि उडेको उक्त हेलिकोप्टर करिब १५ हजार फिटमाथि पुगेपछि एउटा चरासँग ठोक्किएको थियो । त्यसलगत्तै हेलिकोप्टरलाई सुरक्षित अवतरण गराइएको थियो । मुख्यमन्त्री योगी शनिबारदेखि वाराणसीको दुई दिवसीय भ्रमणमा थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार