एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै

11.6k Shares
सम्बन्धित पार्टी

 नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्ने भएको छ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीको अनुमान छ ।

बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रमलगायत एजेन्डामा छलफल हुने पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

 

बैठकमा पार्टीका महासचिव डा। वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । प्रतिवेदनमा बैठकमा सहभागीको छलफलपछि पार्टीको आगामी कार्यदिशा तय गर्ने निर्णय गर्नेछन्  ।


बैठकको शुभारम्भ अध्यक्ष माधव कुमार नेपालले गर्ने बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार