नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे पदभार ग्रहण

11.7k Shares
सम्बन्धित पार्टी

नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्ने क्रममा दुई निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।

उनले विश्व संम्पदा  सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । श्रेष्ठले आफू सांसद हुँदादेखि सुरु गरेको कामलाई पुरा गर्नेगरी उक्त  निर्णयमा हस्ताक्षर गरेको बताए । सोही शीर्षकमा काम गर्नेगरी डिपिआर सहित बजेट समेत विनियोजन भइसकेको छ ।

त्यस कार्यलाई तिव्रता दिनेगरी निर्णयमा हस्ताक्षर गरेका हुन् । यस्तै कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएपछि अध्ययन प्रतिवेदन समेत तयार भइसकेको छ । ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यन्वयन गरेर जाने विषयमा मन्त्री श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

ताजा अपडेट
सम्बन्धित समाचार