आफूले गरेको कामको परिणाम भविष्यमा पनि देखिने झाँक्रीको भनाई 

10.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू भएको दावी गरेकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूले मन्त्री हुँदा गरेको कामको परिणाम आइरहेका र भविष्यमा पनि देखिँदै जाने बताएकी हुन् ।


झाँक्रीले करिब ८ महिनापछि आइतबार शहरी विकास मन्त्रालयबाट विदा लिएकी थिइन् । उनले आफूलाई विश्वास गरेर मन्त्री बनाउने र मन्त्री भइसकेपछि काममा सुझाव सल्लाह प्रतिक्रिया र खबरदारी गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

नवनियुक्त मन्त्रीले आफूले अघि बढाएका योजनालाई निरन्तरता दिने झाँक्रीले आशा गरेकी छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार