नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् ।
सभामुख अग्नि सापकोटाले बजेटमाथिको छलफलका लागि अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।
राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा अहिले बजेटबारे आफ्नो जवाफ राखिरहेका छन् । ऐमाले सांसदहरुले अर्थमन्त्रीको राजिनामा माग्दै संसदमा विरोध जनाउँदै आएका छन् ।