अबको निर्वाचनमा पाँचदलीय गठबन्धनको विकल्प छैन : चित्रबहादुर केसी

8.3k Shares

राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन्।


सोमबार नेपालमा समाजवाद स् चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा केसीले मन परे पनि नपरे पनि गठबन्धन एकजुट भएर जानुको विकल्प नभएको बताएका हुन्। 

गत निर्वाचनमा कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भन्दै पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकिएको उनको भनाइ थियो। जनताले शक्ति दिएको भए पनि पटक–पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार भएकाले कांग्रेससँग गठबन्धन गर्नु परेको उनले बताए। 

उनले पाँच दलिय गठबन्धन कांग्रेसलाई सरकारमा ल्याउन नबसेको स्पष्ट पारे। जनमत दुरुपयोग भएको र साथीहरुले नसकेपछि गठबन्धन भएको उनको भनाइ छ। तर आफूहरुमाथि सत्ता र शक्तिमा जानका लागि कांग्रेसको तलुवा चाट्न गएको आरोप लगाइएको भन्दै उनले आक्रोश पोखे। 

२०४६, ६२/ ६३ मा भएको आन्दोलन कांग्रेससँग मिलेर गरेको आरोप लगाउनेहरुले बिर्सएको उनको भनाइ थियो।

ताजा अपडेट
सम्बन्धित समाचार