ओलीले विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको प्रचण्ड को आरोप

9.2k Shares
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेको आरोप लगाएका छन् । आज सल्यानको सल्लेबजारमा सम्बोधन गर्दै उनले ओलीमाथि प्रतिगमनको आरोप लगाउँदै अब जनता उठ्ने बेला आएको बताए ।

‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरु पनि देखिएका छन्,’ प्रचण्डले ओलीप्रति इंकित गर्दै भने,‘ गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सक्याइदिए ।’ उनले जनता प्रतिगमनविरुद्ध जानुपर्ने बेला आएको बताए ।

प्रधानमन्त्री ओलीलाई प्रचण्डले रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखायल गोर्वाचोभसँग तुलना गरे । उनले गोर्वाचोभपथमा ओली चलिरहेको टिप्पणी समेत गरेका छन्।

देशलाई नै संकटमा पार्ने षड्यन्त्रहरु भइरहेको प्रचण्डको भनाई थियो । देशमा प्राप्त उपलब्धिलाई सिध्याउने षड्यन्त्रप्रति सबै एकजुट भई लड्नुपर्नेमा जोड दिए । ओलीलाई हिटलरसँग तुलना गर्दै प्रचण्डले भने,‘हिटलर आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी भन्थे ।’

ताजा अपडेट
सम्बन्धित समाचार