मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
यो बैठकलाई नियमित बैठक भनिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्थ्यो । तर, हिजो मन्त्रिपरिषद् हेरफेर भएकाले आज बस्न लागेको बताइएको छ ।