नयाँ पार्टी गरेका नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले कांग्रेस सरकारमा रहँदा देशमा ठूला ठूला संकट ल्याएको आरोप लगाएका छन्। मंगलबार पार्टी घोषणा गर्दै उनले कांग्रेसमाथि एमसिसी ल्याएको र एसपिपी ल्याएर अमेरिकी सेना नेपाल भित्र्याउने खेलमा लागेको आरोपसमेत लगाए।
कांग्रेसले विकासको नाममा देशलाई संकटमा ल्याउने गरेको उनले जिकिर गरे। कांग्रेसले देशलाई अगाडि बढाउन नसक्ने देखेर आफूले पार्टी गठन गरेको उनले स्पष्ट पारेका छन्।
ुआउँदो चुनावमा कम्युनिष्टले कार्यगत एकता नगरे नेपाली कांग्रेसले एकल बहुमत ल्याउने कुरामा म स्पष्ट छु। ५ वर्ष कांग्रेसले एक्लै सरकार चलाउनेछ। कांग्रेसलाई कम्युनिष्टको आवश्यकता पर्दैन। त्यसबेला पार्टीले देशलाई थप संकटमा लैजानेछु, उनले दाबी गरे, ुत्यसकारण चुनावमा कम्युनिष्टको कार्यगत एकता आवश्यक छ।ु