नेकपा (एमाले) का नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूबीच फेरी एकता आवश्यक रहेको बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डले भनेजस्तो माओवादीको बिउ एमालेमा नउम्रने बताए।
प्रचण्डले बुधबार विहान पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीमा छँदा एमालेमा माओवादीको बिउ रोपिएको र केही समयपछि उम्रने बताएका थिए।
‘आज कमरेड प्रचण्डले एमालेमा हामीले माओवादीको बिउ रोपेका छौं‚ दुई तीन वर्षमा फल्छ भन्नुभएछ। त्यो एउटा धारालाई उत्साहित र संगठित गर्नका लागि जे भन्नुभएको छ त्यसलाई सम्मान नै गर्नुपर्छ।’भुसालले भने। ‘तर आजको आवश्यकतालाई उहाँले पनि अझै राम्ररी बुझ्नुभएन।’
माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ कमरेड सिपी ९सिपी मैनाली०को बिउ अब यी बिउ नउम्रने उनको भनाई छ।
‘हामी कृषिको कुरा गर्दा रैथाने बिउको कुरा गर्छौं। रैथाने भनेको परापूर्वकालका बिउ राख्ने हो। तर तिनीहरुले नै आजको आवश्यकता पूरा गर्न सक्दैनन् । तिनीहरुलाई हाइब्रिड बनाउनुपर्छ।’ उनले भने‚‘हामीले बनाएको नेकपा त्यो हाइब्रिड हो। हाम्रो वुद्धि पुगेन र भकारीमै आगो लगायौँ हामीले । तर बिउ सुरक्षित छन्। त्यसलाई फेरी हाइब्रिड बनाउनुपर्छ। जहाँ एमाले माओवादी समाजवादी केही रहनेछैनन् नेकपा वा कम्युनिष्ट पार्टी रहनेछ।’