सरकारले केरुङ–काठमाडौं रेलमार्ग बनाउन सक्दैन : विश्वप्रकाश

10.8k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने जिकिर गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले केरुङ–काठमाडौं रेलमार्ग बनाउन सक्दैन भन्ने कुराको यथार्थता जानकारी गराउनुपर्ने बताए । छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने पनि उनले बताए ।

उनले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची–महाकाली रेलमार्ग बनाउन सक्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले निर्वाचनका लागि गरिने प्रतिबद्धतामा ध्यान दिनुपर्ने भन्दै चुनाव लागेकै कारण विमानस्थल बनाउँछु भनेर गलत सूचना दिन र गर्न नसकिने प्रतिबद्धता व्यक्त गर्न नहुने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार